close

सियारी गाउँपालिकामा भेटेनरी अस्पताल बन्ने, गृहमन्त्रीले गरे शिलान्यास

सियारी गाउँपालिकामा भेटेनरी अस्पताल बन्ने, गृहमन्त्रीले गरे शिलान्यास

Trulli
ADVERTISEMENT

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा पशु सेवा केन्द्र (भेटेनरी अस्पताल) निर्माण हुने भएको छ । भेटेनरी अस्पतालमा पाइने सेवा सुविधासहितको सेवा केन्द्र निर्माण हुन लागेको हो । 

नेपाल लाइभस्टक सेक्टर इनोभेसन प्रोजेक्टको आयोजनामा बन्न लागेको सेवा केन्द्रको गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेका छन् ।

यस प्रोजेक्ट कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय र विश्व विकास बैंकद्वारा संचालित आयोजना हो । भवन निर्माणका लागि विश्व विकास बैंकको आर्थिक सहयोग रहने आयोजनाले जनाएको छ । 

उक्त परियोजना पशु सेवाको क्षेत्रमा नविन प्रविधिको माध्ययमबाट पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व बृद्धि, मुल्य श्रृंखलाको विकास गरी कृषकलाई उद्यमी बनाउन तथा ग्रामिण क्षेत्रका जनताको जिविको पार्जन एवं खाद्यन्न र पोषण सुरक्षामा काम गर्ने सस्था भएको आयोजना निर्देशक डा. उमेश दाहालले जानकारी दिए । 

उनका अनुसार आयोजनाले देशका २८ जिल्लाका २८९ गाउँपालिका/नगरपालिकामा काम गर्दै आएको छ । 

शिलान्यास कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले भेटेनरी अस्पताल निर्माण भएपछि सियारीबासी कृषकको आर्थिक उपार्जनमा महत्वपुर्ण योगदान पुग्ने बताए ।

उनले किसानको सहजताका लागि सियारीमा अस्पताल निर्माण गर्न पहल गरिएको बताउँदै पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व वृद्धिमा ठुलो टेवा पुग्ने बताए । 

गाउँपालिका उपाध्यक्ष तारा थारुले अस्पताल निर्माणपछि महिलाको आर्थिक वृद्धिमा समेत टेवा पुग्ने बताइन् ।