close

५० प्रतिशत अनुदानमा कटारीका कृषकलाई आलु

५० प्रतिशत अनुदानमा कटारीका कृषकलाई आलु

Trulli
ADVERTISEMENT

उदयपुर । कटारी नगरपालिकाले स्थानीय कृषकहरूलाई ५० प्रतिशत अनुदानमा आलुको बीऊ वितरण गर्ने भएको छ । नगरपालिकाले खायन आलु वितरणका लागि आवेदन माग गरेको हो । 

आर्थिक वर्ष ०७९/०८० को सशर्त अनुदान कार्यक्रमबाट आलुको बीऊ उपलब्ध गराउने भएकोले इच्छुक कृषि समूह/कृषि सहकारी र फर्महरूले आवेदन दिन नगरपालिकाले अनुरोध गरेको हो । 

बुधबार सूचना प्रकाशन गर्दै १५ दिनभित्र आवेदन दिनु नगरपालिकाले आग्रह गरेको हो । सशर्त वित्तीय वित्तीय हस्तान्तरण कार्यविधि अनुसार कार्यक्रम सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।