close

तरकारी पकेट क्षेत्रका लागि ६ लाख अनुदान

तरकारी पकेट क्षेत्रका लागि ६ लाख अनुदान

Trulli
ADVERTISEMENT

तनहुँ । व्यास नगरपालिकाले तरकारी पकेट विकास कार्यक्रमका लागि कृषक तथा कृषि समूहलाई अनुदान दिने भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नगरपालिकाले ६ लाख बराबर अनुदान दिने भन्दै कृषकहरूलाई प्रस्तावसहित आवेदन दिन आग्रह गरेको छ । 

नगरपालिकाले सूचना जारी गर्दै ७ दिनभित्र नगरपालिकाको कृषि विकास उपशाखाका निवेदन दिन कृषि फर्म/कृषि समूह/कृषि सहकारी/ कृषि समित र कृषकलाई दिवेदन दिन आग्रह गरेको हो ।