close

कृषि विकास कार्यक्रममा सहभागी हुन निवेदन दिन अनुरोध

कृषि विकास कार्यक्रममा सहभागी हुन निवेदन दिन अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले कृषि विकास कार्यक्रममा सहभागिताका लागि प्रस्ताव आह्वानको छ ।

नगरले एक सूचना जारी गरी यस्तो आह्वान गरेको हो । 

कृषि विकास कार्यक्रममा सहभागी हुन चौतारा 'साँगाचोकगढी नगरपालिका भित्रका ईच्छुक कुषक समूह/ कृषि सहकाशै / बहुउद्देश्यीय सहकारी /व्यावसायिक कृषि तथा पशुपालन फर्मलाई  कागजात संलग्न राखी ५० प्रतिशत लागत साझेदारी गर्ने प्रतिबद्धतापत्रसहित नगरपालिकाको कृषि विकास शाखामा कातिक ४ गतेभित्र निवेदन दिन नगरले अनुरोध गरेको छ । 

‘चौतारा साँगाचोकगढी नगरपालिका कृषि विकास शाखाको आ.व.२०७९/८० को स्वीकृत वार्षिक कृषि विकास कार्यक्रमअर्न्तगत तपशीलमा उल्लेखित कृषि विकास कार्यक्रममा सहभागी हुन चौतारा 'साँगाचोकगढी नगरपालिकाभित्रका ईच्छुक कृषक समुह/ कृषि सहकाशै / बहुउद्देश्यीय सहकारी /व्यावसायिक कृषि तथा पशुपालन फर्महरुले मिति २०७९/०७/०४ गतेभित्र निम्नअनुसारको कागजात, ५० प्रतिशत लागत साझेदारी गर्ने प्रतिवद्धता पत्र सहित यस नगरपालिकाको कृषि विकास शाखामा निवेदन दिनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।