close

कम्पोष्ट मलको प्रयोगबारे अभिमुखीकरण

कम्पोष्ट मलको प्रयोगबारे अभिमुखीकरण

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले कम्पोष्ट मल प्रयोगबारे कृषकलाई अभिमुखीकरण दिएको छ । सोमबार नगरपालिकाको आयोजनामा सी.एन.बी.एम. प्रविधिद्धारा उत्पादित मलबारे स्थानीयलाई अभिमुखीकरण गरेको हो । 

अभिमुखीकरणमा बोल्दै नगर उपप्रमुख रजनी जोशीले फोहोर व्यवस्थापन संसारकै निम्ति चुनौतीपूर्ण रहे पनि पालिकाले फोहोरबाट मल उत्पादन गर्दै आएको बताइन् । उनले नगरभित्रको स्थानीयको घरबाट संकलित फोहोरलाई प्रशोधन गरी मल उत्पादन गर्दै आएको उल्लेख गरिन् । 

स्थानीय कृषकलाई सहुलियत मूल्यमा मल वितरण गर्दै आएको उपप्रमुख जोशीले बताइन् । पालिकाले केही महिनायतादेखि कुहिने फोहोरबाट मल उत्पादन गर्दै आएको छ । उत्पादित मललाई प्रतिकेजी २० रुपैयाँमा कृषकलाई वितरण गर्दै आएको पालिकाले जनाएको छ । 

उनले विगत चार वर्षदेखि वर्ष कुहिने र नकुहिने फोहर अलग अलग दिन संकलनलाई प्राथमिकतामा राखी फोहर संकलन गर्दै आएको बताइन् ।