close

किसानद्वारा आन्दोलन फिर्ता

किसानद्वारा आन्दोलन फिर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सरकारीस्तरबाट रासायनिक मलसम्बन्धी समस्या समाधान गर्ने जनाएपछि काभ्रेपलाञ्चोकको पाँचखालका किसानले भोलिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरुपमा मल आपूर्ति गर्न पाँचखालका किसानले जिल्ला प्रशासनसँग माग गर्दै आएका थिए ।

उनीहरूले मल आपूर्तिका लागि सङ्घर्ष समिति नै गठन गरी गतसाता पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।

सरकारीस्तरबाट मलको समस्या समाधान गर्ने आश्वासन पाएपछि भोलिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम हाललाई फिर्ता लिने निर्णय गरेको सङ्घर्ष समितिका संयोजक ज्ञानबहादुर थापाले बताए ।