close

गोरु पाल्ने कृषकलाई अनुदान

गोरु पाल्ने कृषकलाई अनुदान

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक। बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार अनुदान दिएको छ । 

बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिइएको हो ।

नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक कृषकलाई अनुदान रकम प्रदान गरिएको हो । नगर प्रमुख बस्नेतका अनुसार अनुदान लिनका लागि गोरुको अनिवार्य बीमा गरेको हुनु पर्नेछ । अनुदानका लागि नगरपालिकाले रु दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ ।