close

साना डेरीलाई माईजोगमाईको अनुदान

साना डेरीलाई माईजोगमाईको अनुदान

Trulli
ADVERTISEMENT

इलाम । माईजोगमाई गाउँपालिकाले साना डेरी उद्योगलाई सहयोग गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र  सञ्चालित साना डेरी उद्योगलाई सहयोग गर्ने जनाएको छ । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बजेट तथा कार्यक्रममार्फत साना डेरीलाई आर्थिक सहयोग गर्न लागेको हो । गाउँपालिकाले डेरीमा प्रयोग हुने सामग्रीमा ५० प्रतिशत अनुदान दिइने जनाइएको छ । 

इच्छुक डेरी तथा फार्मले पालिकाले सूचना प्रकासित गरेको ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । आवश्यक कागजातसहित आवेदन दिन पालिकाले अनुरोध गरेको जनाइएको छ ।