close

विदेशबाट फर्केर मौरीपालनमा भागीमान

विदेशबाट फर्केर मौरीपालनमा भागीमान

Trulli
ADVERTISEMENT

रुकुमपूर्व। जीवनको उर्जाशिल दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला भूमे गाउँपालिका–३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थालेका छन्।

रोजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गरेका उनी यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहेका छन्। खाडी मुलुकमा काम गर्दा औसत मासिक रू ३० हजार कमाउने उनले अहिले भने मासिक औसतमा रू २५ हजार कमाइरहेको बताए। विदेशमा दुःख गरे जस्तो कमाइ नभएपछि उनी स्वदेश फर्किएर कृषि कर्ममा लागेका हुन्। 

उनी भन्छन्, ‘घरमा अहिले ३७ वटा माहुरीका घार छन् । वार्षिक आम्दानी रू तीन लाखको हारहारीमा भइरहेको छ ।’ विदेशमा घामपानी, भोक, निद्रा नभनी काम गर्दा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानी धेरै ठूलो भएको उनको भनाइ छ । 

‘पहिले लेकभरि भैँसी बगाल हुन्थे, घरको गुजारा यसैबाट चलेको थियो’, भागीमानले भने, ‘सङ्कटकाल लागेपछि मेरो सबै सम्पत्ति सकियो र म विदेशिन बाध्य भएँ ।’ विदेशमा पनि कमाइ राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका मौरीपालन व्यवसाय सुरु गरेको उनको भनाइ छ । भागीमानले सेराना जातको मौरी पालेका छन्। 

भागीमानले विसं २०७६ देखि बङ्गुरपालन पनि गर्दै आएका छन्। सुरुमा एउटा भाले र दुईवटा माउबाट सुरु गरेको बङ्गुरपालनबाट पनि राम्रो आम्दानी हुने गरेको उनी बताउँछन्।

उनका अनुसार अहिले पुनसँग एक भाले र चार बङ्गुरका माउ छन् ।  बङ्गुरको पाठा, मासु बिक्री वितरणबाट पनि मासिक रू २० हजार आम्दानी भइरहेको उनको भनाइ छ । यसरी स्थानीयस्तरमा व्यवसाय गर्नेलाई स्थानिय सरकारले प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन्।