close

धनगढीमाईले कृषकको सिँचाई मिटरको बिल भुक्तानी गर्ने

धनगढीमाईले कृषकको सिँचाई मिटरको बिल भुक्तानी गर्ने

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले कृषकको सिँचाई मिटरको बिल भुक्तानी गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बिल भुक्तानी गर्न लागेको हो । 

नगरपालिकाको अनुसार नगर क्षेत्रका किसानलाई प्रोत्साहन तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्नको लागि कृषि मिटरको विद्युत महसुल भुक्तानी गर्ने कार्यक्रम निर्धारण गरेको हो । सोका लागि चैत १५ गते भित्र कृषि विकास शाखामा भुक्तानी तिर्नका लागि निवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ । 

गत असार मसान्तभन्दा पछिको रकम मात्रै पालिकाले भुक्तानी गर्ने र सोभन्दा पहिलेको कृषक स्वयम्ले भुक्तानी गर्नुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।