close

गोकर्णेश्वरमा कृषिमा अनुदान कार्यक्रम सञ्चालन

गोकर्णेश्वरमा कृषिमा अनुदान कार्यक्रम सञ्चालन

Trulli
ADVERTISEMENT

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले कृषिमा अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै कृषिमा ५० प्रतिशत अनुदान वितरण कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कृषि अनुदान कार्यक्रम ५० प्रतिशत लागत साझेदारीमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कृषि तथा पशुपाल क्षेत्रमा काम गर्दै आएका कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र नगरपालिकामा आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले व्यवसायिक कृषि विकास र पशुपालन क्षेत्रमा अनुदान रकम वितरण गर्ने जनाएको छ ।