close

त्रिवेणीमा नयाँ बाख्रा पकेट विकास कार्यक्रम

त्रिवेणीमा नयाँ बाख्रा पकेट विकास कार्यक्रम

Trulli
ADVERTISEMENT

रोल्पा । त्रिवेणी गाउँपालिका नयाँ बाख्रा पकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ  । गाउँपालिकाले एक सूचना जारी गर्दै नयाँ बाख्रा पकेट विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, कृषि समूह, सहकारी संस्थाले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुसार सो कार्यक्रममार्फत १००० बाख्रा पालन गर्नुपर्ने छ ।