close

पोषण प्रवर्द्धन तथा विषादी न्युनीकरणबारे एकदिने अन्तरक्रिया

पोषण प्रवर्द्धन तथा विषादी न्युनीकरणबारे एकदिने अन्तरक्रिया

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकामा  पोषण प्रवर्द्धन तथा विषादी न्युनीकरणसम्बन्धि अन्तरक्रिया सम्पन्न भएको  छ ।   स्वास्थ्य शिक्षा, कृषि तथा भेटेनरी कृषि सहकारी, कृषक समूह, विषादी व्यवसायीलगायत अन्य सरोकारवाला समूहहरुको उपस्थितिमा अन्तरक्रिया  गरेको हो ।

 स्वास्थ्य कार्यालय भक्तपुरको आयोजना भएको कार्यक्रममा नगर प्रमुख सुनील प्रजापतिले किसानहरुले औषधीकै रुपमा आफ्नो उत्पादकत्व बढाउन बालीनालीमा विषादीको प्रयोग गरिँदा जनस्वास्थ्यमा नकारात्मक असर पुगिरहेको र नसर्ने रोगको जोखिम झन् झन् बढिरहेको बताए । नेपाल सरकारले नै विषादी नियन्त्रणमा विशेष पहल गर्नुपर्नेमा उनले सुनाए।

 
 त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरणका कार्यालय प्रमुख चुडामणि भट्टराईले विषादी न्युनीकरणको विषयमा प्रस्तुतीकरण दिँदै नेपालको खेतीयोग्य जमिनमा प्रतिहेक्टर ३९७ ग्राम विषादी खपत भइरहेको र विषादीको अत्यधिक प्रयोग तरकारी बालीमा भइरहेको बताए । मानव शरीरमा विषादीको प्रवेश खानेकुरा, हावा, पिउनेपानीबाट हुने बताउँदै उहाँले विषादीको समुचित व्यवस्थापनको लागि सरोकारवाला निकायहरुको भूमिका अति आवश्यक भएको बताए ।