close

नमोबुद्ध नगरपालिकाको कृषि रणनीति

नमोबुद्ध नगरपालिकाको कृषि रणनीति

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिकाले दीर्घकालीन योजनासहित कृषि रणनीति तय गर्ने भएको छ । ‘कृषि, व्यापार र पर्यटन: हाम्रो सशक्त अभियान’ भन्ने नारासहित पालिकाले कृषि रणनीति तय गर्न लागेको हो ।

नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषण गरी आगामी वर्षका लागि आवधिक योजनासहति रणनीति तर्जुमा गर्न लागिएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए। सबै क्षेत्रलाई योजनाबद्ध विकास गर्ने उद्देश्यअनुरुप कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि कृषि रणनीति तयार गर्न लागिएको उनले बताए।

रणनीतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउनेलगायत विषय समावेश हुनेछन् । योजना निर्माणका लागि कार्यतालिकासहित जिम्मेवारी बाँडफाँट गरिएको नगरपालिकाको आर्थिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले बताए ।

कृषि योजना तर्जुमाका लागि ‘फोकल पर्सन’को व्यवस्था गरी पालिकाभित्र सरोकारवाला निकाय र नागरिकसँग छलफल गरिएको छ । छलफल, अध्ययन तथा दस्तावेजका आधारमा छिट्टै तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ ।

योजनाका लागि पालिकाले कृषि शाखाको समन्वयमा स्थानीय जनप्रतिनिधि, कृषि शाखा प्रमुख, विभिन्न कृषि सहकारी तथा समूहका सरोकारवालाको सहभागितामा अभिमुखीकरण कार्यक्रमसमेत गरेको छ । कार्यक्रममा नगर प्रमुख लामा, पूर्वकृषि सचिव राजेन्द्रप्रसाद भारी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, परामर्शदाता सुवासचन्द्र ढकाल, नमोबुद्ध नगरपालिकाका योजना अधिकृत विष्णुकमार अधिकारीलगायतले योजना कार्यान्वयनमा जोड दिएका थिए।