close

५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्दै सुन्दरबजार

५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्दै सुन्दरबजार

Trulli
ADVERTISEMENT

लमजुङ । सुन्दरबजार नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धानको वीउ वितरण गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत धानको वीउ वितरण गर्न लागेको हो । नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कृषक, समूह, सहकारी, फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । 

पालिकाले मोटो वा मध्यम, मसिनो जात र खुमला शृंखला र बास्नादार  जातको धानको वीउ वितरण गर्ने जनाएको छ ।