close

धानको उन्नत जातको वीउ माग गर्न छत्रदेवको अनुरोध

धानको उन्नत जातको वीउ माग गर्न छत्रदेवको अनुरोध

Trulli
ADVERTISEMENT

अर्घाखाँची । छत्रदेव गाउँपालिकाले धानको उन्नत वीउ माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वीउ माग गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० प्रतिशत अनुदानमा धानको उन्नत जातको वीउ वितरण गर्न लागेको छ । सोही कार्यक्रममार्फत धानको वीउ माग गर्न अनुरोध गरिएको हो । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी, समूहले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँँपालिकाले जनाएको छ ।