close

७५ प्रतिशत अनुदानमा चुन वितरण गर्दै बकैया

७५ प्रतिशत अनुदानमा चुन वितरण गर्दै बकैया

Trulli
ADVERTISEMENT

मकवानपुर । बकैया गाउँपालिकाले माटो परिक्षणको रिपोर्ट तथा चुन वितरण गर्ने भएको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा स्थानीय कृषकलाई चुन वितरण गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप माटो परिक्षण र चुन वितरण गर्न लागेको हो । गाउँपालिकाले चैत्र १३ र १४ गते पालिकाको विभिन्न स्थानमा माटो परिक्षण शिविर सञ्चालन गरेको थियो । 

सोही शिविरको आधारमा आवश्यकता अनुरुप चुन वितरण गर्न लागेको हो । रिर्पोट अनुसारको चुन लिनको लागि बैशाख ७ गतेभित्र गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।