close

छत्रकोटमा किसान पेन्सन प्रोत्साहन कार्यक्रम

छत्रकोटमा किसान पेन्सन प्रोत्साहन कार्यक्रम

Trulli
ADVERTISEMENT

गुल्मी । छत्रकोट गाउँपालिकाले किसान पेन्सन वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कृषि पेन्सन वितरण गर्ने जनाएको हो ।

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप किसानलाई पेन्सन वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले कृषकलाई प्रोत्साहन दिनको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रमका लागि पालिकाले केही मापदण्ड निर्धारण गरेको छ । सो मापदण्ड पालना गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।