close

किसानलाई माछाको भुरा वितरण

किसानलाई माछाको भुरा वितरण

Trulli
ADVERTISEMENT

लमजुङ । सुन्दरबजार नगरपालिकाले माछापालक किसानलाई माछाको भुरा वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी माछाको भुरा वितरण गरेको हो । 

नगरपालिकाको अनुसार पालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार स्थानीय कृषकलाई माछाको भुरा वितरण गरेको हो । नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउनका लागि र अर्थोपार्जन गर्नको लागि सो कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ । 

 नगरपालिकाले पालिका भित्रका माछापालक किसानलाई कमन क्रप जातको माछाको भुरा वितरण गरेको नगरप्रमुख कृष्णप्रसाद काइरालाले बताए । पालिकाले ५०००० माछाका भुराहरु वितरण गरिएको हो ।