close

बर्दगोरियाका किसानलाई  निःशुल्क माछाको भुरा

बर्दगोरियाका किसानलाई  निःशुल्क माछाको भुरा

Trulli
ADVERTISEMENT

कैलाली । बर्दगोरिया गाउँपालिकाले कृषकलाई माछाको भुरा वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी स्थानीय कृषकलाई निःशुल्क रुपमा माछाको भुरा वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना कार्यक्रम अन्तर्गत माछाको भुरा वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरको अनुसार पालिका क्षेत्रमा माछा पाल्दै आएको किसानलाई भुरा वितरण गरेको हो । उनले गाउँपालिकालाई माछामा आत्मनिर्भर गर्नको लागि भुरा वितरण गरेको बताए । 

गाउँपालिकाका पशु सेवाका शाखा प्रमुख जयप्रसाद कोइरालाका अनुसार पालिकाभित्रका १८ जना माछा व्यवसायीलाई भुरा वितरण गरेको हो । उनका अनुसार गाउँपालिकाले १ लाख १९ हजार ५०० वटा माछाको भुरा वितरण गरेको हो । 

उनले पालिकामा दर्ता भई माछा व्यवसायी गरी नियमित कार्य गर्दै आएका किसानलाई भुरा वितरण गरेको बताए । गाउँपालिकालाई माछा उत्पादनमा बृद्धि गर्नुका साथै किसानलाई प्रोत्साहन दिनको लागि निःशुल्क रुपमा भुरा वितरण गरेको बताए । 

उनले माछा वितरण गर्नको लागि व्यवसायिहरुको पोखरीमा गएर अनुगमन गरेको र पछि पनि अनुगमन गरिने बताए । उनका अनुसार किसानले माग गरेको संख्याको आधारमा माछाको भुरा वितरण गरेको हो ।