close

कम्पोष्ट मल बनाउनमा प्रस्ताव माग

कम्पोष्ट मल बनाउनमा प्रस्ताव माग

Trulli
ADVERTISEMENT

बाग्लुङ । बाग्लुङ नगरपालिकाले भर्मी कम्पोष्ठ मल तयारीको लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको ५० प्रतिशत साझेदारीमा मकै बाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत सो कार्यक्रम  सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत भएको योजना अन्तर्गत सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था, फार्म तथा समूहले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । स्वीकृत भएका व्यक्ति तथा फार्मले ५० प्रतिशत लगानी गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।