close

बाँदर आतंक नियन्त्रण गर्न कृषकलाई बन्दुक

बाँदर आतंक नियन्त्रण गर्न कृषकलाई बन्दुक

Trulli
ADVERTISEMENT

सिन्धुली । सुनकोशी गाउँपालिकाले किसानलाई बाँदर धपाउने बन्दुक वितरण गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष दिपा बोहोरा दाहालले कृषकलाई बन्दुक वितरण गरेको हो । 

गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख प्रदिप श्रेष्ठका अनुसार पालिकाभित्र बाँदर आतंक नियन्त्रण गर्नको लागि बन्दुक वितरण गरेको हो । उनका अनुसार गाउँपालिकाले हाल ३ जना कृषकलाई सो बन्दुक वितरण गरेको हो । 

गाउँपालिकामा कृषकले बाँदर आतंक भएको गुनासो गरेपछि सो गुनासो सम्बोधनका लागि बन्दुक वितरण गरेको उनले बताए । उनले हाल परिक्षणको लागि मात्रै सो बन्दुक वितरण गरेको बताए । 

गाउँपालिकाले सो कार्यक्रमको लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन नभएको उनले बताए । सो बन्दुक प्रभावकारी भएमा आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरी सबै कृषकलाई वितरण गर्ने उनकाे भनाई छ । 

उनले पहाडी क्षेत्रमा बाँदर आतंक प्रमुख समस्या रहेको बताए । उनका अनुसार पालिकाले पहिलो पटक बाँदर आतंक नियन्त्रण गर्नको लागि पहिलो पटक किसानलाई सामग्री हस्तान्तरण गरेको बताए ।