close

किसानलाई तरकारी बीउ वितरण

किसानलाई तरकारी बीउ वितरण

Trulli
ADVERTISEMENT

हुम्ला ।  जोडिएको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको हो ।

सबै घरधुरीलाई आयआर्जनमा वृद्धि गर्न तरकारीका कीट सहयोग गरेको वडाध्यक्ष भरतजङ्ग शाहीले बताए। उनले वडाभित्रका सबै तीन सय ६३ घरधुरीलाई सात प्रकारका उन्नत बीउ वितरण गरिएको जानकारी दिए। स्थानीयलाई राजस्वको दायरामा ल्याउनका लागि वडामा वितरण गरिएका सातै प्रकारका बीउका लागि वडाले रु १० लिएको वडाध्यक्ष शाहीले बताए । काउली, बन्दा, टमाटर, गाँजर, मुला, धनियाँ र सागका बीउ रहेका छन् ।
 
 उक्त वडाबाट सदरमुुकाम सिमकोटमा समेत तरकारी आपूर्ति हुने गर्छ । वडाध्यक्ष शाहीले विभिन्न समयमा आफ्ना वडावासीलाई आवश्यकतानुसार कम्मल, खाद्यान्नलगायत सहयोग गर्दै आएको छ ।