close

रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै

रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम। मुसिकोट नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले बिहिबार सुचना जारी गर्दै ५० प्रतिशत अनुदानमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। 

सामुहिक प्रयोगका लागि मेशिनरि औजार तथा उपकरण, रैथाने बालीको कोशेली घर सञ्चालन र रैथाने वालीको परिकार बिक्री गर्ने रेष्टुरेन्टको सामान खरिदमा ५० प्रतिशत अनुदान दिने जनाइएको छ।

कार्यक्रममा सहभागि हुन इच्छुक कृषि समुह, कृषि सहकारी संस्था, कोशेली घर सञ्चालन गर्न चाहने पसल तथा रैथाने परिकार बिक्री गर्न चाहने रेष्टुरेन्टलाई सात दिन भित्र आवश्यक कागजातसहित कृषि शाखामा निवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ।