close

५० प्रतिशत अनुदानमा पशु विमा गराउँदै तिलोत्तमा

५० प्रतिशत अनुदानमा पशु विमा गराउँदै तिलोत्तमा

Trulli
ADVERTISEMENT

रुपन्देही । तिलोत्तमा नगरपालिकाले अनुदानमा पशु विमा प्रिमियम गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै अनुदानमा पशु विमा गर्ने जनाएको हो । 

नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले अनुदानमा गाई भैंसी, कुखुरालगायत कृषकले पाल्ने पशुको विमा गर्न लागेको हो ।

पशुमा आउन सक्ने जोखिम न्यूनीकरण गर्नको लागि नगरपालिकाले अनुदानमाविमा गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषकले आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा पशुको विमा गर्न लागेको जनाइएको छ ।