close

कृषि विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिँदै कोल्हवी

कृषि विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिँदै कोल्हवी

Trulli
ADVERTISEMENT

बारा । कोल्हवी नगरपालिकाले कृषि विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै विद्युत महसुलमा अनुदान दिने जनाएको हो । 

नगरपालिकाको अनुसार पालिकाभित्रका कृषकले गत वर्षको श्रावणदेखि बैशाख महिनासम्म बुझाएको कृषि विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिन लागेको हो ।  अनुदान रकम उपलब्ध गराउन आवेदकसाग माग गरिएको जनाइएको छ । 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।