close

रैथाने बाली संरक्षण गर्दै खाँदबारी

रैथाने बाली संरक्षण गर्दै खाँदबारी

Trulli
ADVERTISEMENT

 संखुवासभा । खाँदबारी नगरपालिकाले रैथाने बाली संरक्षण गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बाली संरक्षण गर्न लागेको हो । 

नगरपालिकाको अनुसार सो कार्यक्रममा सहभागी हुन चाहने फार्म, कृषक, सहकारी संस्थाले आवश्यक कागजातसहित जेठ १० गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ । आवश्यक कागजातसहित नगरपालिकासँग सम्झौता गरी ५० प्रतिशत अनुदानमा बाली संरक्षण कार्यक्रममा सहभागी हुन सक्ने छन् । 

कार्यक्रमको लागि नगरपालिकाले आवश्यक मेसिन तथा औजार वितरण गरिने जनाएको छ ।