close

धानको पकेट विकास कार्यक्रम सञ्चालन गर्दै जिराभवानी

धानको पकेट विकास कार्यक्रम सञ्चालन गर्दै जिराभवानी

Trulli
ADVERTISEMENT

पर्सा । जिराभवानी गाउँपालिकाले धान बालीको पकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप धानल बाली पकेट विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ ।

धान बाली कम्तीमा २० हेक्टर क्षेत्रफलमा लगाउन पर्ने छ । सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपीसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।