close

दुधौलीको कृषि क्षेत्रमा पुरानै कार्यक्रम

दुधौलीको कृषि क्षेत्रमा पुरानै कार्यक्रम

Trulli
ADVERTISEMENT

सिन्धुली– दुधौली नगरपालिकाले कृषि क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा बीउमा अनुदान, मिनि किट, साना सिँचाई कार्यक्रम, च्याउ खेतीको तालिम तथा बीउ वितरणका कार्यक्रम सञ्चालन  गर्ने भएको छ । 

विगतमा जिल्ला कृषि शाखाले सञ्चालन गर्दै आएका कार्यक्रमलाई पालिकाले निरन्तरता दिँदै सञ्चालन गर्दै आएको नगरपालिकाको कृषि शाखा अधिकृत सीता खतिवडाले बताइन् ।  प्रोजेक्ट नेपाल र दुधौली नगरपालिकाले कृषि र पशु क्षेत्रमा काम गर्न करिब ९ करोड रुपैयाँको ५ वर्षको लागि सम्झौता गरेको उनले पालिकाखबरलाई जानकारी दिइन् ।

‘त्यही सम्झौताबाट नै तालिम, प्रविधि, विशेषगरी बाख्राको घाँस, दाना, गोठको कार्यक्रम सञ्चालन हुन्छ । तरकारी खेतीको टनेल व्यवस्थापन, बेमौसमी तरकारी त्यही प्रोजेक्टबाट नै सञ्चालन भइरहेको छ ,’ उनले भनिन् । 

खाद्यान्न बालीको बीउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको शाखा अधिकृत थापाले जानकारी दिइन् । ‘नगरपालिकाको खासै ठूलो बजेट छैन । त्यसैले स्थानीय सरकार आएयता ठूलो कार्यविधि बनाएर कृषि क्षेत्रमा ठूला कार्यक्रमहरु ल्याइएको छैन,’ उनले भनिन् । 

गत आवमा मिनि टेलर, पावर टेलन, कमन मिल, मकै छडाउने मेशिन नगरपालिकाले वितरण गरेको थियो । यस आवमा कृषि सामाग्री वितरण गर्न बजेट नभएको उनले बताइन् ।