close

अनुदानमा गहुँको बीउ कसले दिने आवेदन ?

अनुदानमा गहुँको बीउ कसले दिने आवेदन ?

Trulli
ADVERTISEMENT

तनहुँ– शुक्लागण्डकी नगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले संघीय सरकारबाट हस्तान्तरित (शसर्त अनुदान)मा गहुँको बीउ वितरण गर्न लागेको हो । 

नगरपालिकाका कृषि शाखा अधिकृत नवराज पण्डितका अनुसार नगरपालिकाले खाद्यान्न बाली अन्नत बीउ अनुदानमा वितरण गर्न लागेको हो । सो कार्यक्रमको लागि ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई बताए । कृषकले माग गरेको आधारमा गहुँको बीउ वितरण हुने उनको भनाइ छ । 

खाद्यान्न बाली अन्तर्गत नगरपालिकाले धान र गहुँको बीउ वितरण गर्ने उनले बताए । मकैको बीउ वितरण गर्नको लागि आवश्यक पहल गर्दै आएको उनले सुनाए । 

इच्छुक गहुँ खेती गर्ने कृषक, कृषि फर्म, कृषि उद्यमी, कृषक समूह र कृषि सहकारीहरुले आगामी १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।