close

प्याजको पकेट क्षेत्र घोषणाका लागि ८० लाख विनियोजन

प्याजको पकेट क्षेत्र घोषणाका लागि ८० लाख विनियोजन

Trulli
ADVERTISEMENT

सप्तरी - खडक नगरपालिकाले प्याज पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाभित्रका सबै क्षेत्रमा प्याज उत्पादन राम्रो हुने भएकोले सो पकेट कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

पकेट कार्यक्रमको लागि गाउँपालिकाले बीउ तथा अनुदानमा वितरण गर्ने गाउँपालिकाका कृषि शाखाका प्रमुख देव नारायण ठाकुरले पालिकाखबरलाई बताए । उनका अनुसार गाउँपालिकाले पकेट कार्यक्रमसँगै च्याउ, तरकारी, धान तथा मकैको वीउ वितरण गर्ने छ । 

विगतमा वर्षमा वीउ वितरण कार्यक्रम प्रभावकारी भएकाले यो वर्षमा पनि लागू गरिने उनले बताए । कृषकले घरको वीउ लगाउँदा २ मुरी फल्ने खेतमा पालिकाको वीउबाट ५ मुरीसम्म फलाएको छ, त्यसैले हामीले निरन्तरता दिन लागेको हो । हामीले मुलुकको ठूला वीउ कम्पनीबाट खरिद गरेर कृषकलाई वितरण गछौँ । 

उनका अनुसार गाउँपालिकाले साना करेसादेखि ठूला व्यावसायिक फार्मको लागि पनि बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालू आवमा कृषिको लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए ।