close

नेचासल्यानद्वारा तरकारीको बीउ वितरण

नेचासल्यानद्वारा तरकारीको बीउ वितरण

Trulli
ADVERTISEMENT

सोलुखुम्बु– नेचासल्यान गाउँपालिकाले सिजनल तरकारीको बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै कृषकलाई सिजनल तरकारीको बीउ वितरण गर्न लागेको जनाएको हो ।

चालू आर्थिक वर्ष २०८०/८१ को पालिकाको कृषि शाखाको कार्यक्रमअन्तर्गत कृषकलाई रायो, मुला, गाजर, प्याज, धनियाँ, केराउ, बकुल्ला र सीमीको बीउ वितरण गर्न लागेको सूचनामा उल्लेख छ । 

तरकारीको बीउ लिन इच्छुक कृषकलाई कार्यालय समयभित्र कृषि शाखा तथा सम्बन्धित उपशाखामा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।