close

भारतीय व्यापारीलाई विस्थापित गर्न भद्रपुरकाे बाँझाे जग्गामा अर्गानिक तरकारी

भारतीय व्यापारीलाई विस्थापित गर्न भद्रपुरकाे बाँझाे जग्गामा अर्गानिक तरकारी

Trulli
ADVERTISEMENT

झापा - भद्रपुर नगरपालिकाले बाँझो जमिनमा सयपत्रीको बेर्ना र बोडी खेती गरेको छ । नगरपालिकाले श्रमिकको सहयोगमा जमिनमा सयपत्री फूलको बेर्ना र आठ कठ्ठा जमिनमा मलसिङ (प्लास्टिक ओछ्याएर) प्रविधिको प्रयोग गरेर बोडी खेती गरेको हो । 

नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेले कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापित संरचनामा खेती गरेको जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका कार्यक्रम विपन्न परिवारका लागि अल्पकालीन भएकाले उनीहरुको दीर्घकालीन आयस्रोत गराउने उद्देश्यले यो परियोजना सुरु गरिएको पाण्डेको भनाइ छ । 'उनीहरुले दुई वर्षसम्म लगानी गरेर तरकारी उत्पादन गरे, राम्रो उत्पादन भयो', उनले भने, 'बजारीकरणको समस्याका कारण लगानी डुब्ने डरले गतवर्ष काम गरेनन् । पुनः अहिले कृषि शाखाको अगुवाईमा काम सुरु गरेका छौँ ।'

पाण्डेका अनुसार नमुना कृषि पाठशालाको रुपमा यस स्थानलाई विकास गरेर पालिकाभरिका किसानलाई आवश्यक पर्ने कृषिजन्य वस्तुको बेर्ना उत्पादन र वितरण गर्ने योजना अनुरुप पूर्व नगरप्रमुख जीवन श्रेष्ठले यसको स्थापना गरेका थिए । यहाँबाट उत्पादन गरिएका तरकारीलगायत कृषिजन्य वस्तुको बजारीकरण पालिकाले निर्माण गरेका सटरमा राखेर बिक्री गरिने उनले बताए ।

उनले भारतीय तरकारीलाई विस्थापित गरेर नगरमै अग्र्यानिक तरकारी उत्पादन गर्ने अबको लक्ष्य रहेको जानकारी दिए ।