close

स्थानीय उत्पादनको बजार खोज्दै चक्रघट्टा

स्थानीय उत्पादनको बजार खोज्दै चक्रघट्टा

Trulli
ADVERTISEMENT

सर्लाही - चक्रघट्टा गाउँपालिकाले कृषिसँगै उत्पादित सामग्रीकाे बजारीकरणमा पनि जोड दिने भएको छ । गाउँपालिकाले कृषि सामग्रीको विक्री वितरणमा सहज बनाउनका लागि बजारीकरणमा पनि जोड दिएको हो । 

गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवका अनुसार पालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा कृषिलाई प्राथमिकतामा राखी काम गर्दै आएको छ । गाउँपालिकाका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत नै कृषि भएकाले प्राथमिकतामा राखेको उनले पालिकाखबरलाई जानकारी दिए । 

उनले बजारीकरणका लागि व्यवस्थित बजारको व्यवस्था गर्न लागेको बताए । उनका अनुसार गाउँपालिमा उत्पादित सामग्री लिन खेतखेतमै गाडी आउने गर्दछ । उत्पादिनत सामग्रीलाई गाउँपालिकासँगै सुन्दरपुरलगायत बजारमा विक्रीको लागि लैजाने गरेको उनले सुनाए । आगामी वर्षदेखि बजारीकरणको लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।