close

कफिलाई व्राण्डिङ गर्दै महांकाल

कफिलाई व्राण्डिङ गर्दै महांकाल

Trulli
ADVERTISEMENT

ललितपुर - महांकाल गाउँपालिकाले कफिलाई प्रमाणीकरण गर्ने भएको छ । गाउँपालिकामा उत्पादित कफिलाई विदेशी मुलुकमा निर्यात गर्नको लागि प्रमाणीकरण गर्न लागेको हो । 

पालिका क्षेत्रभित्र उत्पादित कफिलाई व्राण्डिङ गरी विदेशमा निर्यात गर्नको लागि अर्गानिक प्रमाणीकरण गर्न लागेको गाउँपालिकाका कृषि सेवा शाखाकी बाली संरक्षण प्राविधिक सविता घिमिरेले पालिकाखबरलाई बताइन् ।

कफिको प्रमाणीकरणको लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने उनले बताइन् । उनका अनुसार सो कार्यक्रमको लागि गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०\०८१ मा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाको वडा नम्बर ५ र ६ मा व्यवसायिक कफि खेतीका हुँदै आएको उनले सुनाए । दुई क्षेत्रबाट करिब ५ हजार ६०० किलोग्राम कफि उत्पादन हुने उनले बताइन् । उत्पादित कफिलाई नेपालसँगै जर्मन र अन्य मूलुकमा निर्यात हुँदै आएको उनले बताइन् ।