close

उत्पादन बढाउन प्रत्येक वडामा फरक-फरक कृषि प्याकेज

उत्पादन बढाउन प्रत्येक वडामा फरक-फरक कृषि प्याकेज

Trulli
ADVERTISEMENT

रामेछाप– मन्थली नगरपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिएको छ । पकेट बालीमार्फत व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले ‘एक वडा एक उत्पादन’ सञ्चालन गरेको हो । 

पालिकाले 'कुन वडामा कुन बाली लगाउन सकिन्छ ?' भनेर सम्भाव्यता अध्ययनसमेत गरेको नगरपालिकाको कृषि शाखाको प्रमुख योवनकुमार सुनुवारले बताए । वडाबाट सिफारिस भएका बालीहरुलाई नै कार्यक्रममार्फत उत्पादनमा जोड दिएको उनले जानकारी दिए ।

‘वडामा फलफूल, मसले बाली, तेलहन बालीहरु उत्पादन गरिन्छ । तत्काद नगद लिन सकिने बाली उत्पादनलाई प्राथमिकता दिइएको छ,’ उनले पालिकाखबरसँग भने ।  

यस्तै पालिकाले बीउमा अनुदानसमेत उपलब्ध गराउने गरेको छ । वडा कार्यालयबाटै ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्ने गरेको उनले बताए । नगरपालिकाले थोपा सिँचाई, सुन्तलाको पकेट क्षेत्र निर्माणको काम समेत गरिरहेको कृषि शाखा प्रमुख सुनुवारले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०/०८१ कृषि शाखाका लागि नगरपालिकाले ७८ लाख रुपैयाँ विनियोजन गरेको छ ।