close

नौकुण्डले पशुपंछी वीमा कार्यक्रममा अनुदान दिने

नौकुण्डले पशुपंछी वीमा कार्यक्रममा अनुदान दिने

Trulli
ADVERTISEMENT

रसुवा। नौकुण्ड गाउँपालिकाले पशुपंछी वीमा कार्यक्रममा अनुदान दिने भएको छ। नेपाल सरकारले पशु वीमाको ८० प्रतिशत बिमांक रकम अनुदान दिने गरेको छ। पालिकाको पशु सेवा शाखाको आ.व २०७९/०८० वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाँकी २० प्रतिशत बिमांक रकमको ५० प्रतिशत रकम गाउँपालिकाले उपलब्ध गराउन लागेको छ। 

गाउँपालिकाभित्र पशुपालन व्यवसाय गरिरहेका कृषकको पशुधन सुरक्षित तथा पशुपालन व्यसायमा हुने हानी नोक्सानीबाट कृषकलाई हुने क्षति कम गर्न वीमामा अनुदान दिन लागिएको जनाइएकाे हो। पशुधन वीमा गर्दा वीमा कम्पनिलाई कृषकले बिमांक रकम बुझाउनु पर्ने छ। वडा कार्यलयबाट चैत्रको अन्तिम हप्तादेखि  आवश्यक कागजात सहित उपस्थित कृषकलाई अनुदान रकम भुक्तानी गरिने गाउँपालिकाले जनाएको छ।