close

मुक्त कमैयाँलाई वर्दगोरियाको बाख्रा

मुक्त कमैयाँलाई वर्दगोरियाको बाख्रा

Trulli
ADVERTISEMENT

कैलाली । वर्दगोरिया गाउँपालिकाले स्थानीय बासिन्दालाई बाख्रा वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा स्वीकृत लक्षित वर्ग कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार मुक्त कमैयाँहरुलाई आय आर्जन गर्नको लागिको लागि बाख्रा वितरण गरेको हो ।  गाउँपालिकाको पशु विकास शाखा प्रमुख जय प्रसाद कोइरालाका अनुसार पालिकाभित्रका मुक्त कमैयाँलाई छनौट गरी बाख्रा वितरण गरेको हो । 

उनले २५ जना मुक्त कमैयाँलाई २५ वटा जमुना पारीको बाख्रा र एक बोका वितरण गरेको हो । उनले सो कार्यक्रमको लागि करिब ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको पालिकाखबरलाई बताएका छन् । कार्यक्रमको लागि गाउँपालिकाले मुक्त कमैयाँलाई छनौट गरेको र छनौट भएका व्यक्तिलाई तीन दिन अभिमुखीकरण गरेको बताए । बाख्रा वितरण गरेसँगै गाउँपालिकाले समयसमयमा अनुगमन गर्ने उनले जानकारी दिए ।