close

जिरीकाे नीति : मासुकाे लागि स्वास्थ्य परिक्षण र चाैंरीकाे बिमा

जिरीकाे नीति : मासुकाे लागि स्वास्थ्य परिक्षण र चाैंरीकाे बिमा

Trulli
ADVERTISEMENT

दोलखा– जिरी नगरपालिकाले पशुपंन्छी आयात र निर्यात गर्नका लागि अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गराउनु पर्ने भएकाे छ ।  नगरपालिकाले पशुप‌ंन्छी आयात/ निर्यात  गर्नुअघि  स्वास्थ्य परिक्षण गर्ने नीति लिएसँगै अनिवार्य गरिएकाे हाे ।

 नगरपालिकाका नगर प्रमुख चित्रबहादुर जिरेलका अनुसार पालिकामा अण्डा, कुखुरा तथा मासुजन्य सामाग्री परिक्षण गरेर मात्र आयात गरिने नीति लिएको हो । ‘अण्डा, कुखुरा पालिकाभित्र नै उत्पादन हुन्छन् । विशेषगरि पालिका बाहिर पशु पठाउँदा स्वास्थ्य जाँच गरिन्छ । ’

नगरपालिकाबाट बंगुर सबैभन्दा धेरै निर्यात गर्ने गरिन्छ । पालिकाका बंगुर काठमाडौंदेखि चीनसम्म निर्यात हुने गरेको नगरप्रमुख जिरेलले बताए । पशु स्वास्थ्य कार्यालयबाट 'स्वस्थ छ' भनेर प्रमाणित गरेपछि मात्र पशु निर्यात हुने उनले जानकारी दिए । 

पशु चिकित्सक तथा नगरपालिकाका पशु विकास शाखाका प्रमुख पदम जिरेलले धेरैजसो बंगुरको परिक्षण गरेर प्रमाणित गरेको बताउँछन् । ‘खसी, बोका बसको छत, डिकीमा हालेर बाहिर लगिरहेका हुन्छन् । उहाँहरुले पशुको स्वास्थ्य परिक्षण गराउँनुहुँदैन। गिरिराजका कुखुराकाहरु निर्यात हुन्छन् । प्रहरीहरुले परिक्षण गर्न खोजेको पशुलाई परिक्षण गरेर पठाउँछौँ ।’

अन्य पशुहरु खरिद बिक्रीको क्रममा स्वास्थ्य परिक्षण गर्न अनुरोध गरिएमा परिक्षण गरेर स्वस्थ छ भनेर प्रमाणित गर्ने गरेको उनले पालिका खबरलाई जानकारी दिए । 

नीति तथा कार्यक्रममा चौँरी बिमा तर छैन बजेट

संघीय सरकारको शसर्त अनुदानबाट गत वर्ष नगरपालिकाले चौँरी बिमा गरेको थियो । यस वर्षपनि सो कार्यक्रमलाई निरन्तरता दिन नीति तथा कार्यक्रममा चौँरी बिमा गरिने उल्लेख गरिएको छ । तर संघीय सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ को लागि भने संघीय शसर्त अनुदान नपठाएको पशु विकास शाखा प्रमुख जिरेलले बताए । 

यस वर्ष चौँरी बिमाको लागि पशु सेवा विज्ञ बिक्री केन्द्रमार्फत बजेट आएको उनले जानकारी दिए । केन्द्रले चौँरी बिमालाई प्राथमिकतामा राखे चौँरी पालकलाई धेरै सहयोग हुने उनको भनाइ छ ।  

उनले भने, ‘गतवर्ष नगरपालिकाले शत प्रतिशत अनुदानमा चौँरीको उपचार गराएको थियो ।’ यसआर्थिक वर्ष जिल्लाबाट नै सूचना प्रकासन गरेर समुहगत हिसाबले बीमा उपलब्ध हुने उनले बताए । ‘किसानलाई चौँरी बिमाको लागि प्रतिस्पर्धा गर्नुपर्छ । यस वर्ष सुविधा पाउन मुश्किल छ,’ उनले भने । 

गएको वर्ष नगरपालिकाले चौरीको लागि स्थायी गोठ समेत बनाएको पशु विकास शाखाका प्रमुख जिरेलले बताए । ‘काठ र जस्ता राखेर स्थायी गोठ बनाएका छौँ । माथिमाथि गोठमा बत्ति नभएकाले सोलार पनि वितरण ग¥यौँ ।’ तर, सो काम उती प्रभावकारी नभएको उनले पालिकाखबरलाई बताए ।  पिठो पिस्न मिल वितरणका साथसाथै किसानहरुलाई सम्पूर्ण क्षेत्रमा नगरपालिकाले सहयोग गरेको उनको भनाइ छ । 

याकको विर्य उत्पादन गर्न सकेमा यसको राम्रो विकास गर्न सकिने पशु विकास शाखा प्रमुख जिरेल बताउँछन् । वीर्य उत्पादनको लागि आफूले माग गर्दापनि कुनैपनि निकायले चासो नदेखाएको बताउँदै उनले भने, ‘याकको वीर्य नेपालमा झिकाउन सकेमा दोलखा जिल्ला चौँरी उत्पादनको केन्द्र बन्न सक्थ्यो ।’