close

गाउँ गाउँँ पुग्दै पशुका डाक्टर

गाउँ गाउँँ पुग्दै पशुका डाक्टर

Trulli
ADVERTISEMENT

सप्तरी - शम्भुनाथ नगरपालिकाले पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्रका पशुको स्वास्थ्य परीक्षणको लागि पालिकाले शिविर सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाका पशु विकास शाखाका प्रमुख विलट चौधरीका अनुसार पालिकाले चालू आथिर्क वर्ष २०८०/०८१ को दोस्रो चौमासिक सुरु भएसँगै सो सेवा सञ्चालनमा ल्याउने छ । नगरपालिकाको पशु सेवा केन्द्रबाट टाढा रहेका पशु पालक कृषकलाई प्राथमिकतामा राखी सो कार्यक्रम सुरु गर्ने योजना रहेको उनले पालिका खबरलाई बताए । 

शिविरमा पशुको स्वास्थ्य परीक्षण, गोबर परीक्षण, कृत्रिम गर्भाधान, पशुको उपचार तथा आवश्यक औषधि निःशुल्क वितरण हुने उनले सुनाए । सो कार्यक्रमको लागि नगरपालिकाले चालू आवमा २ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । उनका अनुसार सो कार्यक्रम दुई स्थानमा सञ्चालन हुनेछ ।