close

दूधपोखरीका पशुलाई आहार

दूधपोखरीका पशुलाई आहार

Trulli
ADVERTISEMENT

लमजुङ - दूधपोखरी गाउँपालिकाले पशु आहार कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाभित्र पशु पालक कृषकको सहजताको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाले सो कार्यक्रमको लागि चालू आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको पालिकाको पशु शाखाका दिनेश गुरुङले पालिकाखबरलाई बताए । उनले व्यावसायिक रुपमा पशु पालन गर्दै आएको उनले सुनाए । सो कार्यक्रममार्फत पशुपालक कृषकलाई डाले घाँस तथा हिउँदे घाँस निःशुल्क वितरण गर्ने बताए । 

उनका अनुसार गाउँपालिकाले पशु शाखाका लागि १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटमार्फत पशुलाई खोप, औषधी तथा अनुदानमा सामग्री वितरण गरिने उनले बताए ।