close

प्रतिलिटर दूधमा ४ रुपैयाँ अनुदान

प्रतिलिटर दूधमा ४ रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– ईन्द्रावती गाउँपालिकाले दूध उत्पादक कृषकलाई अनुदान उपलब्ध गराउने गरेको छ । गाउँपालिकाले दूध बिक्री गरेको आधारमा कृषकहरुको खातामा प्रतिलिटर ४ रुपैयाँको दरले अनुदान उपलब्ध गराउने गरेको हो । 

पालिकाभित्रको १२ वटा सहकारीमार्फत दूध बिक्री गरेको रेकर्डको आधारमा अनुदान रकम उपलब्ध गराइएको पशु सेवा शाखाका प्रमुख विज्ञान दाहालले बताए । यस कार्यक्रमको लागि चालु आर्थिक वर्षमा ३९ लाख रुपैयाँ गाउँपालिकाले बजेट विनियोजन गरेको छ । 

यस्तै दूध उत्पादनकै लागि असल अभ्यास कार्यक्रम समेत चालु आर्थिक वर्षमा गाउँपालिकाले ल्याएको उनले बताए । सो कार्यक्रमबाट कृषक तथा कृषक समुहका १० जना कृषकलाई अनुदान प्रदान गरिने उनको भनाइ छ । ‘७० लिटरको हारहारीमा दूध बिक्री गर्ने पालिकाको १० जनालाई कृषकलाई अनुदान उपलब्ध गराइन्छ,’ कार्यक्रमबाट दैनिक ७०० लिटर दूध उत्पादनको लक्ष्य लिइएको शाखा प्रमुख दाहालले बताए । कार्यक्रमको लागि अनुदान दिन चालु आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

यसका बाहेक गाउँपालिकाले लम्पीस्किन, वर्ड फ्लु, खोरेतो जस्ता आकस्मिक रोगको रोकथाम तथा व्यवस्थापनको कार्यक्रम सञ्चालन गर्ने उनले पालिकाखबरलाई बताए । पशु शाखाले यस वर्ष पशुहरुमा लाग्ने रोगहश्रको विरुद्ध भ्याक्सिनेसन, हिउँदो र बहुवर्षे घास उत्पादनको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  पालिकामा सञ्चालन भइरहेको ल्याबको व्यवस्थापन पनि गाउँपालिकाले गर्ने उनले बताए । 

गाउँपालिकाले पशु सेवाको लागि ९९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको शाखा प्रमुख दाहालले बताए ।