close

राप्तीमा सामुदायिक कुकुरकाे बन्ध्याकरण शिविर

राप्तीमा सामुदायिक कुकुरकाे बन्ध्याकरण शिविर

Trulli
ADVERTISEMENT

दाङ- राप्ती गाउँपालिकाले सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण शिविर  सञ्चालनमा ल्याएकाे छ ।गाउँपालिकाले साेमबारदेखि पालिकाकाे वडा नं.४ गाेपीनाला स्थित पशु सेवा केन्द्रबाट साे सेवा सञ्चालनमा ल्याएकाे हाे ।

राप्ती गाउँमापालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको संयुक्त आयोजना एवम् हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)को प्राविधिक सहयोगमा शिविर शुरु भएको  जनाइएकाे छ । 

उक्त शिविरमा रेविज विरुद्धको भ्याक्सिन समेत लगाइने गाउँपालिकाका पशु शाखा प्रमुख जिवराज पाैडेलले जानकारी दिएका छन् । शिविर आगामी मंसिर १६ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका उनले बताए ।