close

सामुदायिक कुकुरको बन्ध्याकरण गर्न तुलसीपुरमा शिविर

सामुदायिक कुकुरको बन्ध्याकरण गर्न तुलसीपुरमा शिविर

Trulli
ADVERTISEMENT

दाङ- तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्न थालेको छ । उपमहानगरपालिकाले वडा नम्बर १७ र १८ का विभिन्न स्थानका सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्न थालेको हो । 

उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काका अनुसार पालिका क्षेत्रमा कुकुरले बालबच्चा तथा पशुपन्छिलाई टोकेर आंतक फैलाएकोले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । उपमहानगरपालिकाले शिविर सञ्चालन गरी बन्ध्याकरण गर्न थालेको उनको भनाइ छ ।

बन्ध्याकरण गरेसँगै कुकुरको संख्या नियन्त्रणमा आउने उनले बताए । आगामी वर्षमा पालिकाभित्रका सबै वडामा सो शिविर सञ्चालन हुने उनले सुनाए ।