close

पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै नलगाड

पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै नलगाड

Trulli
ADVERTISEMENT

जाजरकोट– नलगाड नगरपालिकाले पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले गत कार्तिकमा गएको भुकम्पबाट प्रभावित पशुको औषधी उपचारका लागि पशु उपचार तथा पशु स्वास्थ्य शिविर सञ्चालन गर्न लागेकाे हाे ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयको आयोजनामा नगरपालिकाको वडा नं. १ मा यही माघ १२ गते ११ बजेदेखि ४ बजेसम्म पशु उपचार तथा पशु स्वास्थ्य शिविर सञ्चालन गरिने एक सूचनामा उल्लेख छ ।

वडावासी कृषकले आ–आफ्ना रोगी पशुवस्तुलाई उपचार गरी निरोगी बनाउन सकिने नगरपालिकाले जनाएको छ ।