close

मेरिङदेनमा कृत्रिम पशु गर्भाधान सेवा

मेरिङदेनमा कृत्रिम पशु गर्भाधान सेवा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– मेरिङदेन गाउँपालिकाले कृत्रिम पशु गर्भाधान सेवा सुरु गरेको छ । गाउँपालिकाले गत पुषदेखि स्थानीयको घरघरमा नै पुगेर पशुमा कृत्रिम गर्भाधान गर्न सुरु गरेको हो । 

गाई, भैंसी र बाख्रामा कृत्रिम गर्भाधान सुरु गरेको गाउँपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख मनोज श्रेष्ठले बताए । उनले भने, ‘गाईको लागि जर्सीको सिमेन, भैँसीका लागि मुर्रा राँगाको सिमेन र बाख्राको लागि बोयर जातका बोकाको सिमेन ल्याएका छौँ ।’  

पालिकाबाट कृषकलाई निःशुल्क रुपमा सेवा उपलब्ध गराइरहेको उनले पालिकाखबरलाई बताए । किसानको घरमै प्राविधिक जानु परेमा शुल्क लिएर सेवा दिँदै आएको उनले बताए । 

चालु आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले पशुमा कृत्रिम गर्भाधानको लागि ७ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।