close

१ हजार १७ पशुपंक्षीको निःशुल्क उपचार

१ हजार १७ पशुपंक्षीको निःशुल्क उपचार

Trulli
ADVERTISEMENT

तनहुँ– बन्दिपुर गाउँपालिकाले एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर गरेको छ ।  वडा नं २ स्थित धनटारमा गाउँपालिकाको पशु विकासु शाखाले बुधबार बिहान ९ बजेदेखी ५ बजेसम्म निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको ।

शिविरमा  १ हजार १७ पशुपंक्षीको निःशुल्क उपचार गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा बाख्रा, कुखरा, गाई, गोरु, भैँसी, पाडापाडी, बंगुर, हाँस, बिरालो, र कुकुर कुकुरको उपचार गरिएको हो ।

साथै पशु बन्ध्याकरण, प्रजनन समस्या सम्बन्धि समधान, कुकुर बिरालोको रेविज बिरुद्धको भ्याक्सिन प्रदान गरिएको गाउँपालिकाले जनाएकाे छ ।