close

म्याग्देमा अफ्रिकन स्वाइन फिभर, शतर्कता अपनाउन आग्रह

म्याग्देमा अफ्रिकन स्वाइन फिभर, शतर्कता अपनाउन आग्रह

Trulli
ADVERTISEMENT

तनहुँ– म्याग्दे गाउँपालिकाका बङ्गुर फर्ममा अफ्रिकन स्वाइन फिभर भेटिएको छ । केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गाउँपालिकाको दुई वटा बङ्गुर फर्मको नमुना आरटि–पिसिआर विधिबाट परिक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको हो । 

गाउँपालिकामा साे राेगबाट यस वर्ष १७ वटा बंगुरको मृत्यु भएको पशु चिकित्सक डा.विनय शाहाले बताए । गाउँपालिकाले अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट बच्न बंगुर पालक कृषकसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । 

अन्तरक्रिया पछि किसानलाई पशु शाखामा रहेको सङ्क्रमण हुन नदिनका लागि रसायन, फिनेल तथा चुन उपलब्ध गराएको उनले सुनाए । यसअघि गत जेठ २४ गते बंगुर पालक कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम सञ्चालनपछि उनीहरुलाई फिनेल र चुनसमेत उपलब्ध गराएको उनले बताए । 

अफ्रिकन स्वाइन फिबरबाट बच्न पालिकाले जनचेतना फैलाउने किसिमका सूचना प्रकाशित गर्दै आएको उनले बताए । उनले भने, ‘सूचना जारी गरेर बंगुर फार्ममा जैविक सुरक्षाको विधि अपनाउन र यो समयमा बङ्गुर किन/बेच नगर्न अनुरोध गरेका छौँ ।’ यो समयमा होटलका खानेकुराहरु बंगुरलाई नखुवाउन र खुवाउनै परेमा कम्तिमा आधा घण्टा पकाएर खुवाउन सुझाव दिएको उनले बताए । 

'अफ्रिकन स्वाइन फिभर बंगुर, सुँगुर र बँदेलमा लाग्ने उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगको खोप पत्ता नलागेको र शत प्रतिशत मृत्युको सम्भावना भएकाले सबैलाई सचेतनाको लागि आग्रह गरेको छ,' पालिकाखबरसँग भने । 

नेपालमा पहिलोपटक २०७९ जेठमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो । हालसम्म २८ जिल्लामा सो रोग फैलिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ । 

अफ्रिकन स्वाइन फिभर बंगुर, सुँगुर र बँदेलका लागि खतरनाक मानिए यो रोग पशुबाट मानिसमा भने सर्दैन ।