close

लम्पीस्किनविरुद्ध खोप लगाउँदै कुम्मायक

लम्पीस्किनविरुद्ध खोप लगाउँदै कुम्मायक

Trulli
ADVERTISEMENT

पाँचथर - कुम्मायक गाउँपालिकाले लम्पीस्किन रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यही फागुन ३ गतेदेखि सो खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक डा‍. नगेन्द्रबहादुर दाहालका अनुसार गाउँपालिकाले साझेदारी कार्यक्रम अन्तर्गत सो खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । खोप कार्यक्रममा स्थानीय बासिन्दा र गाउँपालिकाले ५०/५० प्रतिशत व्यहोर्ने उनले पालिकाखबरलाई सुनाए । 

सो रोग विरुद्ध गाउँपालिकाले ३ चरणमा खोप कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । अति जोखिम क्षेत्रमा पहिलो चरणमा, जोखिमपूर्ण क्षेत्रमा दोस्रो चरण र निकै कम जोखिम क्षेत्रमा तेस्रो चरणमा खोप कार्यक्रम सञ्चालन गर्ने उनले सुनाए । 

चैत्र महिनादेखि गाईमा लम्पीस्किन रोग देखा पर्ने भएकाले सोभन्दा पहिला नै खोप कार्यक्रम सञ्चालन गर्न लागेको उनको भनाइ छ । गाउँपालिकाले फागुन १५ देखि २० गतेसम्म सबै चरणको खोप लगाइसकेको उनले बताए । गाउँपालिकाले सो कार्यक्रमको लागि चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए ।