close

उत्पादन बढाउन पञ्चेश्वरद्वारा उन्नत जातको बोका

उत्पादन बढाउन पञ्चेश्वरद्वारा उन्नत जातको बोका

Trulli
ADVERTISEMENT

बैतडी– पञ्चेश्वर गाउँपालिकाले उन्नत जातको बोका वितरण गर्ने भएको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पालिकाभित्र उन्नत जातका खसी, बोकाको उत्पादन बढाउन उन्नत जातको बोका वितरण गर्न लागेको हो । 

गाउँपालिकाका पशु सेवा प्राविधिक दिपकसिंह बोहराका अनुसार पालिकाका ८० प्रतिशत किसान कृषि तथा पशु पालनमा आवद्ध छन् ।स्थानीयस्तरमा ५० प्रतिशत अनुदानमा प्रजनन योग्य उन्नत जातका बोका वितरण गरी बाख्रा पालन गर्ने किसानलाई आय आर्जनमा सहयोग पुर्याउन लागिएको उनले बताए । 

भौगोलिक विकटताले कृत्रिम गर्भधारण गर्न असम्भव भएपछि प्रजनन योग्य बोका वितरण गर्न लागिएको उनले बताए । चालु आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले प्रजनन योग्य बोका वितरण गर्न चार लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । उनका अनुसार स्थानीय कृषक, कृषक समुहमा  ५० प्रतिशत अनुदानमा यही फागुन अन्त्यमा  बोका वितरण गरिने छ । 

 गत वर्ष २०७९/०८० मा पनि गाउँपालिकाले प्रजनन योग्य उन्नत जातका बोका वितरण गरेको थियो । पालिकाभित्रका ६ वटा वडामा हरेक वडामा २/२ वटाका दरले १२ वटा बोका स्थानीय व्यवसायिक किसानलाई वितरण गरेको उनले पालिकाखबरलाई जानकारी दिए ।